एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने मन्त्रिपरिषदको निर्णय

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने मन्त्रिपरिषदको निर्णय


ग्लोब नेपाल
216
Shares

काठमाडौं । सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनी अमेरिकी सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमवार साँझ बसेको बैठकले एसपीपीमा सहभागी हुन नसकिने जानकारी अमेरिकालाई दिने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

सो निर्णयपछि अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ । यसअघि सत्ता पक्ष र प्रतिपक्ष दुवैले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका थिए । 

सो सम्झौता फिर्ता लिन संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले समेत निर्देशन दिइसकेको छ ।