निमावि लाइसेन्सको फारम भर्ने म्याद थप

निमावि लाइसेन्सको फारम भर्ने म्याद थप


ग्लोब नेपाल
918
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको अनलाइन दरखास्त फाराम भर्ने मिति थप गरेको छ ।

आयोगले सिंगल दस्तुरको अन्तिम म्याद २०७९ असार ७ गते सम्म र दोब्बर दस्तुरको अन्तिम म्याद मिति २०७९ असार १४ गतेसम्म तोकिएकोमा आयोगको अनलाइन एप्लिकेसनमा समस्या आएको हुँदा दुई दिन म्याद थप गरेको हो ।

आयोगको वेब सर्वरमा असार ६ गते बिहान करिब १० बजेवाट प्राविधिक समस्या आएको हुँदा पूर्व प्रकाशित सूचना बमोजिम दरखास्त दिने उम्मेद्वारको सुविधालाई ध्यानमा राखी २०७९जेठ ९ मा प्रकाशित विज्ञापनमा तोकिएको म्यादमा २ दिन थप गरेको सूचनामा उल्लेख गरेको छ ।

उक्त थपिएको म्याद सकिएको भोलिपल्ट बैकिङ कारोवार हुने समयभित्र तोकिएको राजश्व दस्तुर रकम तोकिएको बैङ्कमा अनिवार्य रुपमा जम्मा गर्नु पर्ने आयोगले आज निर्णय गरेको छ ।