कास्की समाज अमेरिकामा नयाँ नेतृत्व, भरत बराइली बने अध्यक्ष

कास्की समाज अमेरिकामा नयाँ नेतृत्व, भरत बराइली बने अध्यक्ष


ग्लोब नेपाल
358.2k
Shares

बाल्टिमोर/अमेरिका । कास्की समाज,अमेरिकाको अध्यक्षमा भरत बराइली निर्विरोध निर्वाचित भएका छन्। आइतबार बाल्टिमोरमा सम्पन्न समाजको अधिवेशनले बराइलीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो। समाजका निवर्तमान हुँदै गरेका अध्यक्ष कुलप्रसाद गुरुङको सभापतित्वमा सम्पन्न साधारण सभाले कास्केलीहरुका बीच आपसी परिचय र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको समाजले जनाएको छ। सन् २००६ मा बाल्टिमोरमा यो समाजको स्थापना गरिएको हो।

नव निर्वाचित कार्य समितिमा एक महिलासहित तीन उपाध्यक्ष रहेका छन्। तीन उपाध्यक्षहरुमा मदन सुबेदी,भरत थापा र महिला उपाध्यक्षमा विष्णु अधिकारीलाई चयन गरिएको छ। यसैगरी महासचिवमा रमेश श्रेष्ठ,सचिव तेज खड्का,कोषाध्यक्ष श्याम कतिला र सह-कोषाध्यक्षमा भरत थापा (सानो) रहेका छन्। समाजको कार्य समिति सदस्यहरुमा राजकुमारी गुरुङ, लक्ष्मी केसी, इश्वरी ढकाल, बसन्त बस्नेत, रसिक सिग्देल, विकल पण्डित र ध्रुब सुनार रहेका छन्। यसैगरी सुवास सुनार खेलकूद संयोजक, विश्वास बराल युवा संयोजक र सनम थापा महिला संयोजक चयन गरिएको नव निर्वाचित अध्यक्ष बराइलीले जानकारी दिएका छन्।

बराइली यस ग्लोब नेपाल डटकममा पनि आबद्ध छन्। उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टरका समेत अध्यक्ष छन्। निवर्तमान कार्यसमितिमा बराइली उपाध्यक्ष रहेका थिए।