वायुसेवा कम्पनीलाई प्राधिकरणको चेतावनी: सेवा बन्द गर्न पाइन्न, धाक-धम्की चल्दैन !

वायुसेवा कम्पनीलाई प्राधिकरणको चेतावनी: सेवा बन्द गर्न पाइन्न, धाक-धम्की चल्दैन !


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई उडान बन्द नगर्न चेतावनी दिएको छ ।

मंगलबार (आज) वायुसेवा सञ्चालक संघ नेपालले पत्रकार सम्मेलन गर्दै बुधबार (भोलि) देखि आकस्मिकसहित हेलिकप्टर र विमान कम्पनीका नियमित उडान बन्द गर्ने बताएको केही बेरमै प्राधिकरणले पत्रकार सम्मेलन गरी उडान रोक्न नपाउने बताएको हो।

‘धाक-धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ’, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’

महानिर्देशक अधिकारीले हवाइ सेवा बन्द गरे सरकार चुप नबस्ने समेत उल्लेख गरे। ‘एयरलाइन्स कम्पनीले बन्द गर्ने घोषणा गरेको भन्ने सुनिएको छ। अत्यावश्यक सेवा बन्द गर्न पाइँदैन। गरियो भने प्राधिकरण (सरकार) चुप लागेर बस्दैन,’ प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा उनले भने। 

यसअघि वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन् । यता, प्राधिकरणले भने कुनै पनि कम्पनीलाई लक्षित नभई सबै वायुसेवा कम्पनीलाई यो नियम ल्याइएको भन्दै कार्यान्वयन हुने बताएको रहेको छ ।

यो पनिः बुधबारदेखि जहाज र हेलिकप्टर नचलाउने वायु सेवा सञ्चालक संघको घोषणा