घुस लेनदेन अडियो प्रकरणमा संलग्न न्यायाधीशले भने: म बाट कुनै अनुचित कार्य भएको छैन

घुस लेनदेन अडियो प्रकरणमा संलग्न न्यायाधीशले भने: म बाट कुनै अनुचित कार्य भएको छैन


ग्लोब नेपाल
135
Shares

काठमाडौं । व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि विवादमा आएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् ।

न्यायाधीश कोइरालाले आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै आफूमाथि न्याय परिषदबाट छानबिनको माग पनि गरेका छन् । साथै उनले छानिबनमा पूर्ण सहयोग गर्ने पनि बताएका छन् । न्यायाधीश कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । मबाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । ममाथि न्याय परिषद्‍बाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।’

न्युज २४ टिभीले मंगलबार साँझ सार्वजनिक गरेको अडियोमा न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेन बारेको कुराकानी सुन्न सकिन्छ ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन्।

यो पनि: न्यायाधीश र अधिवक्ताले घुस डिल गरेको अडियो सार्वजनिक (अडियो सहित)