नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेंलाई पत्नीशोक

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेंलाई पत्नीशोक


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेलाई पत्नीशोक परेको छ।

बिजुक्छेकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको हो ।

६२ वर्षीया प्रधान २०औं वर्षदेखि क्यान्सर पीडित थिए । दुईतीन दिनअघि क्यान्सरले च्यापेपछि अस्पताल ल्याएकी प्रधानको बुधबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको नेपाल क्यान्सर अस्पतालका मेडिकल निर्देशक डा. सुदीप श्रेष्ठले जानकारी दिए।

उनको र नारायणमानको २०४० सालमा विवाह भएको थियो। प्रजापतिका अनुसार शोभा शिक्षकबाट अवकाश भएकी थिइन् भने उनी नेमकिपाको नेपाल क्रान्तिकारी महिला संघको सदस्य थिइन्।

शोभा र नारायणमानका दुई छोरा छन्।