नागरिकता विधेयक अघि बढाउने गठबन्धनको निर्णय 

नागरिकता विधेयक अघि बढाउने गठबन्धनको निर्णय 


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा गठवन्धनले सो निर्णय लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता कार्कीले भने,’प्रधानमन्त्रीले आजको बैठकमा नागरिकता विधेयक अघि बढाउने प्रस्ताव गर्नुभएको छ । अहिले हाम्रो समाजमा बुबा नागरिक,आमा नागरिक तर उनका सन्तानहरू नागरिकताविहीन भइरहेको अवस्था छ । यसलाई अन्त्य गर्नका निमित्त अग्रसरता लिनका लागि आज निर्णय भएको छ ।’

नागरिकता विधेयक २०७५ साउन २२ गते संसद् सचिवालयमा दर्ता भएको थियो । त्यसपछि लामो समयसम्म संसद्को राज्यव्यवस्था समितिमा अड्किएको थियो ।