नेकपा एसले भन्यो: मन्त्री हेरफेरको निर्णय केही दिनमा होइन, केही घण्टामै लागू हुनुपर्छ

नेकपा एसले भन्यो: मन्त्री हेरफेरको निर्णय केही दिनमा होइन, केही घण्टामै लागू हुनुपर्छ


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले सचिवालयको निर्णयअनुसार तत्काल मन्त्री हेरफेर हुने बताएको छ।

बुधबार र बिहीबार बसेको सचिवालय बैठकले मन्त्रीहरू हेरफेरको निर्णय अब दिनमा होइन घण्टामा कार्यान्वयन हुनुपर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकपछि प्रचार विभाग खतिवडाले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि कुनै सर्त राख्न नपाउने भन्दै स्थायी कमिटी बैठकको निर्णय नै अन्तिम सर्त हुने बताए । उनले भने, ‘पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एकमात्र सर्त हो, अरु व्यक्तिगत सर्तको अर्थ हुन्न । अब यो निर्णय केही दिनमा होइन केही घण्टामा लागू हुनुपर्छ ।’

नेकपा एसका मन्त्रीहरूले आफूहरू हट्नका लागी पाँचवटा सर्त माधव नेपाल समक्ष राखेकोमा खतिवडाले सर्तको अर्थ नहुने बताए ।

उनका अनुसार भोलि शुक्रबार भोलि पोलिटब्यूरो बैठक बस्नेछ भने ११ गते केन्द्रीय कमिटी र १३–१४ केन्द्रीय परिषद्को बैठक बस्नेछ । बैठकमा स्थानीय चुनावको समीक्षा, सरकारको समीक्षा, गठबन्धन र आगामी चुनावबारे छलफल हुनेछ ।

याे पनि:

कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की, बाहिरिन दुई शर्त !