धार्मिक पर्यटक बोकेको भारतीय रेल जनकपुरधाम आइपुग्यो

धार्मिक पर्यटक बोकेको भारतीय रेल जनकपुरधाम आइपुग्यो


ग्लोब नेपाल
54
Shares

जनकपुरधाम । धार्मिक पर्यटक बोकेको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ ।

बिहीबार दिउँसो ‘भारत गौरव एसी पर्यटक’ नामक रेल जनकपुरधाम रेल्वे स्टेशनमा आइपुगेको हो।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनकपुरस्थित रेलवे स्टेसनमा उनीहरूलाई स्वागत गरे ।

‘भारत गौरव पर्यटक रेल’ अयोध्या, वनारस, प्रयागराज, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुरधाम आइपुगेको बताइएको छ । जयनगरबाट रेल नेपाल प्रवेश गरेलगत्तै ठाउँ–ठाउँमा फूलमालाले स्वागत गरिएको छ ।

पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरधाममा दैनिक हुने गंगा आरतीमा सहभागी गराइने कार्यक्रम छ । रेल भारतीय समयानुसार मंगलबार साँझ ७ बजे नयाँ दिल्लीबाट जनकपुरका लागि प्रस्थान गरेको थियो । रेलका दुई डिब्बालाई योगसम्बन्धी तस्बिर तथा सामग्रीले सजाइएको छ । रेलमा १४ वटा डिब्बा छ । केही बोगीका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवं लोकनृत्य, पोसाक, पर्व, परिकार प्रवद्र्धन गर्ने किसिमका सामग्री राखेर सजाइएको छ ।

धार्मिक पर्यटनलाई जोड्न भारत सरकारले रामायण सर्किट तयार पारेको छ । रामायण सर्किटमा नेपालको जनकपुरधामलाई पनि समेटिएको छ ।