मूल्यवृद्धि र महंगीविरुद्ध एमालेका जनसंगठनहरुले सडक आन्दोलन गर्ने

मूल्यवृद्धि र महंगीविरुद्ध एमालेका जनसंगठनहरुले सडक आन्दोलन गर्ने


ग्लोब नेपाल
540
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका जनसंगठनहरुले महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन्।

जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको अनेरास्ववियुकी अध्यक्ष सुनीता बरालले जानकारी दिइन् ।

उनका अनुसार एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित संगठनले एकल आन्दोलन गर्ने निर्णय गरेको छ । तत्कालै मुल्यवृद्धि, किसानले मल नपाएको तथा विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषयमा आन्दोलन सुरू हुने भएको छ ।

विशेषगरी एमालेले सरकार छाडेको एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारण बाँच्नसमेत नसक्ने अवस्था आएकाले आन्दोलनमा जानुको विकल्प नरहेको एमालेको ठहर छ ।