न्यायाधीश-वकिल ‘घुस लेनदेन’ अडियोबारे छानबिन भइरहेको छः कानुनमन्त्री

न्यायाधीश-वकिल ‘घुस लेनदेन’ अडियोबारे छानबिन भइरहेको छः कानुनमन्त्री


ग्लोब नेपाल
108
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले घुस लेनदेनको विषयमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेल जोडिएको घुस लेनदेनको अडियोबारे छानविन भइरहेको बताएका छन्।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री कोइरालाले जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएकाले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनिसकेको स्पष्ट पारे।

न्यायाधीशको नियुक्ति नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढदै गएको उनको भनाइ थियो । त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको उनले बताए ।

‘विगत केही समयदेखि यति धेरै न्यायलयहरूप्रतिको आस्था गिर्दै गएको छ । जुन अडियो बाहिर सार्वजनिक भएको छ । त्यसको सत्यतथ्य खोजबिन गर्दैछौँ । कति ठीक, कति बेठिक भनेर छानबिन गर्न समितिनै गठन गरिएको छ’, मन्त्री कोइरालाले भने, ‘त्यो घटनाबाहेकलाई हेर्ने हो भने पनि न्यायालयभित्र विकृति र विसंगति थियो । त्यसका विरुद्ध आन्दोलन पनि भयो । त्यसलाई सुधार गर्नका लागि अभियाननै सञ्चालन गरिएको छ । त्यसको सुरुवात नियुक्तिबाटै हुने भएकाले सुधारका लागि निर्देशिका बनाउने काम सुरु गरिएको छ ।’