विष्णुपुकार श्रेष्ठ चीनका लागि नेपालको आवासीय राजदूत नियुक्त

विष्णुपुकार श्रेष्ठ चीनका लागि नेपालको आवासीय राजदूत नियुक्त


ग्लोब नेपाल
81
Shares

काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्।

संसदीय सुनुवाइबाट अनुमोदन भएका श्रेष्ठलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री विष्णुपुकार श्रेष्ठलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए ।