रविजी ! जनताका यी १२ प्रश्नहरूको उत्तर कहिले दिनुहुन्छ ?

रविजी ! जनताका यी १२ प्रश्नहरूको उत्तर कहिले दिनुहुन्छ ?



भ्रष्टाचार, राष्ट्रियता, पारदर्शिता, नैतिकता, सुशासन र नेताहरूको क्षमताको बिषयमा रवि लामिछानेले पत्रकार हॅुदा ठुला ठुला प्रश्न उठाए । कतिपय कुराहरूले समाजमा राम्रो प्रभाव पनि पार्यो भने तथानम गाली र घृणाको पत्रकारिताले नैतिकता गुमायो । आवेगको भरमा प्रमाण विना गरिएका गालि पनि पत्रकारिता हुन्छ भने नजिर बस्यो । यसको शुरुवात गर्ने काम उहॅाबाटै भयो । अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिज्यूले आम जनमानसमा उठेका यी यावत प्रश्नहरूकाे उत्तर कहिले दिनुहुन्छ ? क्यामेरा अगाडी बसेर अरुको नैतिकताको बिषयमा औलो ठडाउॅदा अरू औलाहरू आफैतिर फर्किएका छन् र थिए । यी प्रश्नहरूको उत्तर पाए नेपाली जनता धन्य हुने थिए ।

१.तपाईं न्यूज २४ मा हॅुदा गर्ने भनिएको द लिडर (The Leaders) कार्यक्रमको लागी हजारौं हजार युवाबाट प्रति ब्याक्ति रु १००० को दरले उठाएको करोडौ रुपयॅाको भौचर र आर्थिक पारदर्शिता खोई ? उक्त करोडौ पैसाको हिसाब किताब जनता माझ कहिले बुझाउनु हुन्छ? आर्थिक पारदर्शितामा कतिको बिश्वास गर्नु हुन्छ ?

२.धुर्मुस-सुन्तलीको जस्तै समाज सेवाको नाममा संसार भरिका नेपाली दाजुभाइ दिदिबहिनीहरूसॅग कति चन्दा संकलन गर्नुभयो र संकलित रकम कहॅा र कति खर्च गर्नु भयो ? त्यसको सुका/सुकाको हिसाब किताब पार्टी सभापतिको हैसियतले जनता माझ कहिले ल्याउनु हुन्छ ?

३.तपाईं अमेरिका बसाईको क्रममा नेपाली नागरिकता त्याग्नु भयो वा भएन ? यदि अमेरिकी नागरिक बन्नु भएको हो भने कहिले देखि पुन: नेपाली नागरिक बन्नु भयो ? अहिले तपाईं नेपालको अंगिकृत नागरिक हुनुहुन्छ वा बंशज ? नागरिता त्याग्नु र देश बेच्नुमा कति फरक रहेछ ?

४. तपाईं एउटा सञ्चार गृहको मालिक । राज्यको चौथो अङ्गसॅग घनिभुत रूपले जोडिएको मानिस तर तपाई पुर्ण रुपमा स्वतन्त्र नभई राजनीतिमा लाग्दा स्वार्थ बाझिने (Conflict of Interest) लाई भविष्यमा कसरी सम्बोधन गर्नु हुन्छ ? यस बिषयमा तपाईको बुझाई र तपाईको पार्टीको आधिकारिक धारणा के हो ?

५. तपाईं मालिक रहेको सञ्चार गृहको निष्पक्षता, पारदर्शिता र नैतिकताका बिषयमा उठेका यावत प्रश्न, भ्रम र शंकाहरूबारे नेपाली जनतालाई कसरी बिश्वास दिलाउन सक्नु हुन्छ ? सञ्चार माध्यमको दुरुपयोग हॅुदैन भन्ने जिम्मेवारी कस्ले लिन्छ र दिन्छ ?

६.तपाईं एउटा परिवार मिलाउन नसक्ने मानिसले देश मिलाउॅछु भन्दा जनताले तपाईको नैतिकता र इमानदारिता माथि प्रश्न गर्छन् । अब आम नेपाली जनतालाई कसरी बिश्वास दिलाउनु हुन्छ ? तपाईंका छोरा-छोरी बाल-बच्चा प्रति तपाईको नैतिक जिम्मेवारी रहॅदैन ? आफुले गरेका सबै ठिक अरुले गरेका सबै बेठिक भन्ने सोचले आम मानिसमा कस्तो मनोवैज्ञानिक असर पर्ला ?

७.तपाईंले बॅाची आउनु भएको जिवनस्तरको आर्थिक स्रोत र पहॅुच के हो ? तपाईंको चल अचल सम्पति र बैंकहरूमा तपाईंको बचत रकम कति छ ? तपाईंले आफ्नो चलअचल सम्पतिलाई जनता माझ कहिले सार्वजनिक गर्नु हुन्छ ?

८.तपाईंहरूले राजनीतिक पार्टीको नाम नै राष्ट्रिय स्वतन्त्र पार्टी राख्नु भयो । धेरै नेपाली नागरिक कुनै पनि पार्टीमा आस्था राख्दैनन् । स्वतन्त्र रहेर र बॅाच्न चाहन्छन् । नेपालको संविधान अनुसार स्वतन्त्र नागरिक र उम्मेदवारी व्यक्तिको सार्वभौम र नैसर्गिक अधिकार हो । कुनै नेपाली नागरिकले म कुनै दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा बॅाच्ने पाउने अधिकार, निर्वाचन लड्न र जित्न पाउने अधिकार यसरी छिन्न मिल्छ ? यो शब्दले स्वतन्त्र जति सबै मेरो पार्टीको भन्ने अर्थ लाग्छ वा लाग्दैन ? तपाईले हर्क राई र बालेन साहहरूलाई जबरजस्त बिवादमा ल्याउन चाहनु भएको हो ?

९.तपाईंको पार्टीको परराष्ट्रनीति,मानव अधिकार, बिश्वास, आर्थिक र सामाजिक नीति । गणतन्त्र, धर्मनिरपेक्ष, संघियता, समावेशी प्रति पार्टीको आधिकारिक धारणा, सन्देश एवं बिश्वास के हो ? पार्टीको कार्यदिशा,रणनीति र कार्यनीति के के हुन् ?

१०.देशको आर्थिक नीति, बिकासका योजना, आर्थिक समृद्धीका र रोजगारी बिषयमा के कस्ता योजनाहरू छन् ?

११.पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण भित्रको अदृष्य पाटोलाई बाहिर ल्याउॅछु भन्नु हुन्थ्यो । यतिका बर्ष बिति सके । जनता प्रतिक्षमा छन् । यसको सत्य तथ्य कहिले बाहिर ल्याउनु हुन्छ?

१२.अन्य राजनीतिक पार्टी र तपाईंको पार्टीमा नेपाली जनताले के भिन्नता महसुस गर्ने पाउॅछन् ? तपाईंकै भाषामा अन्य राजनीतिक दलका कार्यकर्ताहरूलाई झोले र तपाईंका पार्टीका कार्यकर्ताहरूलाई फ्यान भनि कुन नैतिकतामा टेकेर सम्बोधन गर्न मिल्छ ? यस्तो पूर्वाग्रही सोच र व्यवहारले भविष्यमा कस्तो राजनैतिक अराकता ल्याउला ? तपाईंले घृणाको राजनीतिलाई प्रेरणा दिन खोज्नु भएको हो ?