पाेखराका ठाउँठाउमा पहिराे र डुबान

पाेखराका ठाउँठाउमा पहिराे र डुबान


ग्लोब नेपाल
270
Shares

पाेखरा । अविरल वर्षासँगै पाेखराका ठाउँठाउँमा पहिराे र बाढीले बस्ती डुवानमा परेकाे छ । शनिवार बिहानै पाेखरा २५ सुईखेतमा डेढसय घर डुवेकाे छ । पहिराे खसेर खाेला थुनिएपछि निकास राेकिएकाे छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएकाे वडाध्यक्ष माेतीराज तिमिल्सिनाले जानकारी दिए ।

बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएकाे उनकाे भनाई छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खाेलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएकाे छैन । अन्य क्षेत्रका पनि सडक बगाएकाे छ । यातायात अबरुद्द भएकाे प्रहरीले जनाएकाे छ ।