नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने, २० असारभित्र मतादाता नामावली टुंग्याइने

नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने, २० असारभित्र मतादाता नामावली टुंग्याइने


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन बागमति प्रदेशको हेटौंडामा हुने भएको छ ।

यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितिमा बसेको युनियको केन्द्रीय सचिवालय, पूर्वअध्यक्षहरु र वरिष्ठ पत्रकारहरूको बैठकले हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले महाधिवेशनका सबै तयारीलाई तीब्रता दिने तथा असार २० गतेसम्म मतदाता नामावली निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ । युनियनमा यसअघि दुई समूहले अलग(अलग महाधिवेशनको मिति तोकेका थिए । अहिले सबैको सहमतिमा मिति र स्थान तय भएकोले महाधिवेशन हुने विश्वास युनियनका नेताहरूले गरेका छन् ।

युनियनको आठौं महाधिवेशन २०७१ भदौमा पोखरामा भएको थियो ।