पर्यटनमन्त्री आलेले बुझाए अध्यक्ष नेपाललाई राजीनामा पत्र

पर्यटनमन्त्री आलेले बुझाए अध्यक्ष नेपाललाई राजीनामा पत्र


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

मन्त्री आलेले आफ्नो राजीनामा पत्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन । यसअघि शुक्रबार नै मन्त्री आलेले ४८ घण्टाभित्र आफूले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । स्रोतका अनुसार त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘करिब साढे ११ बजेतिर आले पार्टी कार्यालय आउनु भएको थियो । अध्यक्षलाई राजीनामा बुझाउनु भएको छ ।’ मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेकाे स्रोतले बतायो ।

यसअघि आज मात्रै एक कार्यक्रममा अध्यक्ष नेपालले पार्टीबाट सरकारमा सहभागि केही मन्त्रीहरुको राजीनामा आफ्नो गोजीमा रहेको बताएका थिए । जेठ २२ गतेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरे पनि मन्त्रीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।