रौतहट फतुवा विजयपुरका मेयरसहित २१ जना जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहट फतुवा विजयपुरका मेयरसहित २१ जना जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


ग्लोब नेपाल
135
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालराय यादवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले आइतवार काठमाडौं विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । साविक तथा हालका समेत नगरप्रमुख यादवसहित साविकका उपप्रमुख कान्तीदेवी, वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष संजयप्रसाद, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष भविछन राय, ३ का वडाध्यक्ष दीपनारायण साह, ५ का तत्कालीन वडाध्यक्ष हिराराय यादव र हालका वडाध्यक्ष सेख एजाद अहमद विरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

त्यसै गरी वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष र हालका नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवार, वडा नम्बर ९ का तत्कालीन वडाध्यक्ष दीपनारायण चौधरीविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

‘जिल्ला रौतहटको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६०% र गुजरा नगरपालिकाले ४०% रकम वाडँफाँड गर्ने निर्णय भएकोमा फतुवा विजयपुर नगरपालिकाले आ.व. २०७५/०७६ को लाल बकैया नदीको ठेक्का प्रचलित ऐन नियम विपरीत रद्ध गरी नगरपालिकालाई नोक्सानी पुर्‍याएको भन्‍ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यमा संलग्न देहायका व्यक्तिहरुलाई देहाय बमोजिमको कसुरमा देहाय अनुसार सजायको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

विज्ञप्ति