मैले राजीनामा दिइसकेँ, अरु मन्त्रीको थाहा भएन: प्रेम आले

मैले राजीनामा दिइसकेँ, अरु मन्त्रीको थाहा भएन: प्रेम आले


ग्लोब नेपाल
135
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले आफूले पदबाट राजीनामा दिएको बताएका छन्।

आइतबार राष्ट्रियसभामा सांसदहरुको प्रश्नको जवाफ दिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले २ दिन अघि नै राजीनामा गरेको खुलाए । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएको जानकारी दिए।

‘अस्ति शुक्रबार पोलिटब्युरोको बैठक हुँदा त्यही दिन नै मैले ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेको थिएँ । अस्ति मैले सवा ३ बजेतिर पार्टीमा त्यो कुरा राखेको थिए’, उनले भने, ‘अहिले ठ्याक्कै ३ बज्दैछ, १५ मिनेट अघि नै मैले राजीनामा दिँए ।’

नेकपा एकीकृत समाजवादीबाट सरकारमा रहेका अरू मन्त्रीहरूले राजीनामा दिए/नदिएकोबारे भने आफूलाई जानकारी नभएको आलेले बताए । उनले भने, ‘अरू मन्त्रीहरूको मलाई थाहा छैन। उहाँहरूलाई नै सोध्नुहोला। मैलेचाहिँ राजीनामा दिइसकेँ।’

उनले लोकतान्त्रिक व्यवस्थामा पार्टीले नै मन्त्री सांसद, मन्त्री बनाउने र पार्टीमै राजीनामा दिने बताउँदै पार्टीले गरेको निर्णय स्वीकार्य भएको बताए । उनले बजेटबारे संसदमा जवाफ दिएर फर्किने भनेकोले मात्र समय लम्बिएको बताए ।

उनले आफू मन्त्रीको रुपमा रहँदा देश र जनताको पक्षमा राम्रो काम गरेको बताए ।