काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने भएकी छन् ।
अहिले केही बेरमा सिंहदबारमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले राजीनामा दिने तयारी गरेकी हुन् । विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन् ।
आजै पर्यटनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् । उनले पनि आजै पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।


प्रतिक्रिया