मन्त्रीबाट राजीनामापछि आलेको स्वमूल्यांकनः आफ्नो कामबाट ९० अंक ल्याएँ !

मन्त्रीबाट राजीनामापछि आलेको स्वमूल्यांकनः आफ्नो कामबाट ९० अंक ल्याएँ !


ग्लोब नेपाल
54
Shares

काठमाडौं । पदबाट राजीनामा दिएका संकृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् ।

पदबाट राजीनामा घोषणापछि मन्त्रालयमा आइतवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा आलेले कार्यकाल कति सफल भयो भनेर कसैले सोधे आफ्नो उत्तर ९० प्रतिशत हुने बताए । आफूले एक्सन मन्त्रीको उपमा समेत पाएको भन्दै उनले भनेका छन्, मैले यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु ।’

आफू प्रक्रियामा भन्दा एक्सनमा विश्वास गर्दै हुर्केको बताउदै आलेले मन्त्री पदमा बस्दा ९ महिना बितेको पत्तो नै नपाएको बताए । आफूलाई देश तथा विदेशमा रहेका नेपालीहरूले एक्सन मन्त्रीको उपमा दिएको भन्दै आलोले खुसी व्यक्त गरे ।

एकीकृ समाजवादीले आलेसहित चारमन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि आइतबार पत्रकार सम्मेलन गरेका आलेले आफू सफल भएको दाबी गरेका हुन् ।