मन्त्री पद छाड्दै गर्दा रोइन् रामकुमारी झाँक्री

मन्त्री पद छाड्दै गर्दा रोइन् रामकुमारी झाँक्री


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री पदबाट राजीनामा दिएर मन्त्रालयबाट बिदा हुन लाग्दा रोएकी छन् ।

मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन सुरुवातमै उनी रोएकी हुन् ।उनी कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछेकी हुन् । पार्टी सचिवालय बैठक फिर्ता बोलाउने निर्णय गरे पनि राजीनामा नदिने अडान राखेकी मन्त्री झाँक्रीले अन्तिममा आइतबार बाहिरिने निर्णयमा पुगेकी हुन् ।

मन्त्री झाँक्रीसँगै नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले आइतबार राजीनामा दिएर मार्गप्रशस्त गरेका हुन्।

नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ ।