झाँक्री र आलेले दिए मन्त्रीबाट राजीनामा

झाँक्री र आलेले दिए मन्त्रीबाट राजीनामा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी सहरी विकास मन्त्री रामकुमारी झाँक्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले राजीनामा दिएका छन् ।

उनीहरुले आइतबार आ-आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनीहरु दुवै जनाले आफ्नो कार्यकाल सफल रहेको पनि बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले गत जेठ २२ गते नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । तर, पार्टीको निर्णयलाई प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि पार्टीमा बिबाद देखिएको थियो । यसबीचमा आलेसहितका १० सांसदहरुले पार्टी नेतृत्वलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । तर आलेसहितका ६ जनाले फिर्ता लिएका थिए । उनीहरुले मन्त्रीबाट राजीनामा नदिने अडान राख्दै आएका थिए ।