नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालय पुग्यो

नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालय पुग्यो


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले परिवर्तन गर्न लागेका नयाँ मन्त्रीको नामसहितको सूची राष्ट्रपति कार्यालय पुगेको छ।

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आजै नामहरू राष्ट्रपतिकोमा पठाएका हुन् । मन्त्री हुनेहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हिराचन्द्र के.सीरहेका छन् ।

पार्टीले हप्तौँअघि पुराना मन्त्री फिर्ता बोलाई नयाँलाई मन्त्री बनाउन सिफारिस गरेपनि प्रधानमन्त्री तथा सत्तारुढ अन्य शक्तिशाली नेताहरूको अनिच्छाका कारण रोकिँदै आएको थियो ।