एकीकृत समाजवादीका मन्त्री हेरफेर, यस्तो बन्यो नयाँ मन्त्रीपरिषद्

एकीकृत समाजवादीका मन्त्री हेरफेर, यस्तो बन्यो नयाँ मन्त्रीपरिषद्


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सिफारिस बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरू हेरफेर गरेका छन् ।

राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ।’सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायअनुसार नियुक्ति र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ,’राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।