रामचन्द्र पौडेलको प्रश्न- रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउँछ ?

रामचन्द्र पौडेलको प्रश्न- रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउँछ ?


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवाद ल्याउनका लागि आचरण र व्यवहार त्यही अनुकुल हुनुपर्ने बताएका छन्।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठाननले सोमबार ललितपुरको जावलाखेलमा गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाएका छन्।

नेता पौडेलले मन्त्री बन्न सबैको पालो पुर्‍याउनुपर्ने चरित्र समाजवादी नभएको टिप्पणी गरे । ‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाज आउँछ ?’ उनले नेकपा एकीकृत समाजवादीतर्फत इंगित गर्दै उनले भने, ‘हामी समाजवादतिर गइरहेका छौं कि कता गइरहेका छौं, हाम्रो चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन, त्यो महत्वपूर्ण छ ।’

पौडेलले एमालेले समाजवादको जग भत्काउन खोजेको आरोप लगाए। उनले समाजवादका लागि दलहरुको आचरणमै समस्या रहेको पनि जिकिर गरेका छन्।