प्रचण्डको आरोपः शोधनान्तर घाटाको जन्मदाता ओली सरकार र खतिवडा हो

प्रचण्डको आरोपः शोधनान्तर घाटाको जन्मदाता ओली सरकार र खतिवडा हो


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शोधनान्तर घाटाको सुरुवात तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको र त्यसमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा रहेको आरोप लगाएका छन् ।

कम्युनिस्ट संस्थापक नरबहादुर कर्मचार्यको स्मृतिमा सोमवार ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले देशको सोधनान्तर घाटाको प्रणेता ओली सरकार र युवराज खतिवडा भएको आरोप लगाएका हुन् । ‘शंकरजी कमसेकम हामीहरूका अगाडि यसरी नबोल्नुस् न, देशको सोधनान्तर घाटाको प्रणेता केपी ओली सरकार र युवराज खतिवडा हो,’ प्रचण्डले भने ।

त्यसअघि एमाले महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको आरोप लगाएका थिए । प्रचण्डको जवाफको बेला पोखरेल भने हिँडिसकेका थिए ।
‘शंकरजीलाई सुनाउन मन थियो, कति धेरै भ्रष्टाचार भएको थियो तपाईंहरुको पालामा,’ प्रचण्डले भने ।