उपभोक्ता हित संरक्षण मञ्चले माग्यो अर्थ मन्त्रालयसँग सिसी टिभी फुटेज

उपभोक्ता हित संरक्षण मञ्चले माग्यो अर्थ मन्त्रालयसँग सिसी टिभी फुटेज


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । उपभोक्ता हित संरक्षण मञ्चले आर्थिक विधेयकमा करका दरहरु हेरफेर गर्न अनाधिकृत व्यक्तिको संलग्नताबारे अध्ययन गर्न भन्दै अर्थ मन्त्रालयसँग क्लोज सर्किट टेलिभिजन (सीसी टिभी) दृश्य माग गरेको छ ।

सोमबार सूचनाको हक अन्तर्गतको निवेदन मन्त्रालयमा पेश गर्दै मञ्चले चालु आर्थिक वर्ष र आगामी आवको बजेट निर्माण अवधिको दुई रातको क्लोज सर्किट टेलिभिजन (सीसी टिभी) दृश्य उपलब्ध गराउन माग गरेको हो ।

मन्त्रालयका सूचना अधिकारीलाई सम्बोधन गर्दै मञ्चका सचिव जयप्रसाद पौडेलले पेश गरेको निदेवनमा चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयकमा करको दर फेरको दिन २०७८ भदौ २४ गते राति र आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको अन्तिम दिन (२०७९ जेठ १४ गते) रातिको श्रव्य दृश्य माग गरिएको छ ।

हेर्नुहोस् विज्ञप्तिः