सेफ एसोसियन यूकेको अध्यक्षमा ढकाल सर्वसम्मत

सेफ एसोसियन यूकेको अध्यक्षमा ढकाल सर्वसम्मत


ग्लोब नेपाल
297
Shares

लन्डन । नेपाली सेफहरुको छाता संगठन नेपाली सेफ एसोसियन यूकेको अध्यक्षमा कोलेश्वर ढकाल (कृष्ण) सर्वसम्मत भएका छन् । एसोसियनको सोमवार लण्डनस्थित ह्यारोमा सम्पन्न तेस्रो महाधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै कार्यसमितिको उपाध्यक्षमा मोहन ओली, शिवप्रसाद कंडेल, ठाकुर ढुंगाना, महासचिवमा राजु बोहोरा, सचिवमा यज्ञ खरेल, कोषाध्यक्षमा धर्मागत चापागाई, सहकोषाध्यक्षमा केबी गुरुङ निर्विरोध निर्वाचित भए । यस्तै सदस्यहरुमा गोकर्ण भुषाल, अभिषेकुमार श्रेष्ठ, दलबहादुर खत्री, लालचन्द्र (रामजी) सापकोटा, उपेन्द्र पौडेल, रामकृष्ण अर्याल, छम रेग्मी, रामप्रसाद सापकोटा, लीलाधर निउरे, सुमन शर्मा (सोहन), टिकादेवी चालिसे, रोशकान्त सापकोटा, चन्द्रबहादुर केसी, गोमा पौडेल, भानुभक्त घिमिरे, टिकाराम निउरे, दिनानाथ अर्याल र रामकृष्ण थापा छन् ।

महाधिवेशनलाई शुभकामना मन्तव्य दिदै बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले सेफहरुले नेपाली कला, संस्कृति, परम्परालाई विश्वसामु चिनाउने काम गरेको भन्दै प्रसंशा गरे । उनले सेफ गर्विलो पेशा भएको बताए । आचार्यले नेपाल सरकार गैरआवासीय नेपालीहरुले उठाएका मागहरुमा सम्पूर्ण रुपमा सहयोग गर्न तयार रहेको बताए । उनले दोस्रो र तेस्रो पुस्तालाई नेपालसँग कसरी जोड्ने भन्ने विषयमा चिन्तन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले नेपालमा लगानीको लागि आव्हान गरे । उनले विदेशमा हुर्किदो दोस्रो पुस्तालाई नेपालसँग जोड्न लगानी महत्वपूर्ण हुने बताए ।

कार्यक्रम गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिम्खडा, संघकी सचिव टिका गुरुङ, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुवराज अर्याल, तमुधीं यूकेका अध्यक्ष हितकाजी गुरुङ, पूर्वसांसद कुलप्रसाद नेपाल, समाजसेवी विजन भट्ट लगायतले शुभकामना दिए ।

संस्थाका महासचिव भुपेन्द्र पाठकले संचालन गरेको कार्यक्रममा विविध सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । अधिवेशनमा रामप्रसाद न्यौपानेले स्वागत मन्तव्य दिएका थिए ।