बूढीगण्डकी आयोजना निर्माण गर्न कम्पनी खोल्ने मन्त्रिपरिषद्को निर्णय

बूढीगण्डकी आयोजना निर्माण गर्न कम्पनी खोल्ने मन्त्रिपरिषद्को निर्णय


ग्लोब नेपाल
108
Shares

काठमाडौं । अन्ततः सरकारले बहुचर्चित बूढीगण्डकी जलाशयुक्त जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भएको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनी खडा गरेर १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पब्लिक कम्पनी स्थापना गरेर स्वदेशी लगानीमा बनाउने गरी गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले पास गरेको हाे ।

अब कम्पनीको अधिकृत पुँजी ६० अर्ब हुनेछ भने तत्काल जारी पुँजी २० अर्बको हुनेछ । कम्पनीमा अर्थ मन्त्रालयको २५ प्रतिशत, ऊर्जा मन्त्रालयको ४० प्रतिशत, विद्युत प्राधिकरणको १४ प्रतिशत, विद्युत उत्पादन कम्पनीको १ प्रतिशत शेयर स्वामित्व रहनेछ । त्यस्तै स्थानीयका लागि १० प्रतिशत र सर्वसाधारणका लागि १० प्रतिशत स्वामित्व रहनेछ ।

१२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण आफैंले गर्ने भन्दै २४ चैतमा सरकारले विदेशी कम्पनीबाट खोसेर आफ्नै मातहतमा ल्याएको थियो ।