लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमलाले दिइन् राजीनामा

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमलाले दिइन् राजीनामा


ग्लोब नेपाल
378
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्।

बुधबार उनले मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष राजीनामा बुझाएकी हुन्। माओवादी केन्द्रका प्रमु सचेतक तुलाराम घर्तीले १२ गते नेै खत्रीले राजीनामा दिएको र आज मुख्यमन्त्री केसीले सदनलाई जानकारी दिने बताए । उनका अनुसार राजीनामा स्वीकृतसमेत भइसकेको छ ।

गत जेठमा वलीले दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि छानबिन गर्न सरकारले समिति बनाएको थियो। यहीबीच वलीले राज्यमन्त्री पदबाट राजीनामा दिएकी हुन्।

गाडी दुर्घटनामा पति उत्तरकुमार वलीको मृत्यु भएपछि विमला दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्। फागुन २३ को सर्वोच्चको फैसलाले एमाले(माओवादी ब्युँतिएपछि वैशाख १९ मा पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

आज छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको समितिका संयोजक तथा सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए । सरकारले आजै बजेट पास गर्न र प्रतिवेदनमा उनको कमजोरी भेटिएपछि राजीनामा गर्न लगाइएको स्रोतले बताएको छ ।