प्रचण्डले भने: एमालेमा माओवादीको बीउ रोपेको छु, घनश्यामको जवाफः त्याे बीउ उम्रिदैन

प्रचण्डले भने: एमालेमा माओवादीको बीउ रोपेको छु, घनश्यामको जवाफः त्याे बीउ उम्रिदैन


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको दाबी गरे लगतै नेकपा एमालेका नेता घनश्याम भुसालले प्रचण्डको दाबीप्रति असहमति जनाउदै त्यो रोपेको बीउ नम्रिने बताए ।

बुधबार पेरिसडाँडामा विप्लव नेतृत्वको नेकपाका नेताहरूलाई माओवादीमा स्वागत गर्दै माओवादी अध्यक्ष प्रचण्डले एमालेभित्र माओवादीको बीउ रोपिएको दाबी तर, केपी ओलीको नेतृत्वका कारणमात्र अहिले आफूले रोपेको बीउ फक्रिन नपाएको बताए । उनले भनेका छन्, ‘तीन वर्षको मेरो अनुभवले भन्छ, हामीले हाम्रो बीउ रोपेर आएका छौं, हेर्नुहोला केही समयपछि फुल्छ फल्छ । एमालेभित्र पनि हजारौं क्रान्तिकारी छन्, केपी ओली नेतृत्वका कारणमात्र हो । त्यहाँ पनि नसकिएको होइन । त्यसैले माओवादीहरूमात्र मिलेर हुन्न, अन्य वामपन्थीहरू पनि मिलाउनुपर्छ ।’

यता, एमाले नेता भुसालले माओवादीको बीउ एमालेमा छरेको भन्ने प्रचण्डको दाबीप्रति असहमति जनाए । उनले अब कुनै एउटा धारको बीउ नउम्रिने दाबी गरे ।

वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले भने, ‘कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बीउ छरेर आएका छौं भन्नुभएछ । तर, उहाँले पनि ठीक ढंगले बुझ्न सक्नुभएन । अब एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउ चल्दैन, अब हाइब्रिड बीउ चाहिन्छ । अस्ति हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौं । त्यो तपाईको ब्रीउ अब उम्रिदैन् । फेरि पनि हामी नेकपाको हाइब्रिड बीउ बनाउँछौँ ।’

एकठाउँमा जुट्दा ६०र७० प्रतिशत कम्युनिस्टहरु फुटेर आफ्नै घरमा आगो लगाएको र त्यसमा आङ सेकेर एकअर्कालाई गालीगलौज गर्दै आएको पनि उनले बताए ।