नेप्से ४१ अंकले वृद्धि, लगानीकर्ता उत्साहित 

नेप्से ४१ अंकले वृद्धि, लगानीकर्ता उत्साहित 


ग्लोब नेपाल
270
Shares

काठमाडौं । सेयर बजारमा बुधबार सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि वृद्धि भएकाे छ। नेप्सेमा राैनकता छाउँदा लगानीकर्ता उत्साहित छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा पुगेकाे छ । नेप्से २.१५ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ६.५५ अंकले बढेर ३७९.१५ विन्दुमा पुगेकाे छ । 

कुल २२८ वटा कम्पनीकाे ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै व्यापार समूह बढेकाे छ । 

बुधबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ कराेड ४२ लाख ७६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । बुधबार दुईवटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे । 

यसदिन मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य १.९१ प्रतिशतले घटेर ४ सय ११ रूपैयाँमा झरेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा पुगेकाे छ । नेप्से २.१५ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ६.५५ अंकले बढेर ३७९.१५ विन्दुमा पुगेकाे छ । कुल २२८ वटा कम्पनीकाे ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये बुधबार सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै व्यापार समूह बढेकाे छ । 

बुधबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ कराेड ४२ लाख ७६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । दुईवटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे । 

यस दिन मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य १.९१ प्रतिशतले घटेर ४ सय ११ रूपैयाँमा झरेकाे छ ।