यी हुन् मन्त्रिपरिषद्का १० निर्णयहरू

यी हुन् मन्त्रिपरिषद्का १० निर्णयहरू


ग्लोब नेपाल
405
Shares

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ।

सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबारको बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेका निर्णयहरु यस्ता छन्

  • काठमाडौं उपत्यकाभित्रका प्रशारण लाइन र सब-स्टेशनमा संरचनागत सुधार, विस्तार र स्तरोन्नतिका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारबाही चलाउने अधिकारीसमेत तोक्ने। 
  • विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने।
  • सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली-२०७९को मस्यौदाथि लोकसेवा आयोगको परामर्श लिने।
  • मध्यभोटेकोशी जलविद्युत् आयोजनाको २२० केभी प्रशारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।
  • कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने।
  • भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने। 
  • महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने। 
  • बृहत्तर जनकपुर विकास परिषद् कोषको अध्यक्षमा धनुषाका शीतल साहु पुर्वेलाई नियुक्ति गर्ने। 
  • निजामती सेवा पुरस्कारका लागि सिफारिस समितिको सदस्य तोक्ने।
  • श्रेणीविहीन स्थायी कार्यालय सहयोगीहरुको सेवा समूह र पद परिवर्तन गर्ने।