महान्यायाधिवक्ता खातीविरुद्ध सर्वोच्चमा मुद्दा दायर

महान्यायाधिवक्ता खातीविरुद्ध सर्वोच्चमा मुद्दा दायर


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । ललितपुर जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन्।

सहायक न्यायाधिवक्ता थोकरले हेटौंडास्थित वाग्मती न्यायाधिवक्ताको कार्यालयमा गरिएको सरुवाको विरुद्धमा महान्यायाधिवक्ता खातीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी हुन् । थोकरलाई असार २ गते ललिलतपुरबाट हेटौंडा सरुवा गरिएको थियो । नाबालिका बलात्कार मुद्दामा कमजोर अभियोजनका लागि आफूले नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयले नियम विपरीत सरुवा गरेको थोकरले बताउँदै आएकी छन् ।

थोकरले दिएको असार ९ को निवेदनलाई सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । त्यसपछि सुनवाइ हुनुपर्ने माग गर्दै थोकरले पुनः निवदेन दिएकी थिइन् । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजालसले आदेश दिएपछि थोकरले बुधबार मुद्दा दायर गरेकी हुन् ।

थोकरको उजुरीमा महान्यायाधिवक्ता खाती, उनको सचिवालय र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ । अदालतले थोकरको मुद्दाको सुनुवाइका लागि बिहीबारको समय तोकेको छ ।

व्यापारी सुशील चटौतले घरमा काम गर्ने एक १३ वर्षे बालिकालाई ३ वर्षदेखि बलात्कार गर्दै आएको मुद्दामा अभियोजन कमजोर बनाउन महान्यायाधिवक्ताको सचिवालयमा कार्यरत दुई कर्मचारीले दबाब दिएको थोकरले बताउँदै आएकी छन् ।