डलरको मूल्य अहिलेसम्मकै महङ्गो

डलरको मूल्य अहिलेसम्मकै महङ्गो


ग्लोब नेपाल
27
Shares

काठमाडौं । डलरको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार डलरको यो मूल्य हालसम्मकै उच्च हो । हिजो डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा कायम भएको थियो । पछिल्लो दिनहरूमा डलरको भाउले लगातार कीर्तिमान बनाइरहेको छ ।