जसपाले बोलायो केन्द्रीय समितिको बैठक

जसपाले बोलायो केन्द्रीय समितिको बैठक


ग्लोब नेपाल
54
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठक वीरगन्जमा बस्नेगरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए ।बैठक दुई दिनसम्म चल्ने छ । पार्टीभित्रको विवाद चुलिएपछि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले हालै सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेका थिए । नयाँ मन्त्रीलाई पठाउने गरी मन्त्री फिर्ता बोलाएका यादवले कारबाहीको अधिकार पनि आफैँले राखेका थिए ।

उनको निर्णयप्रति बाबुराम भट्टराई खेमाका नेताहरुले विरोध गर्दै आएका छन् । यहीबीच जसपाको बैठक बोलाइएको हो ।