रविको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

रविको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी


ग्लोब नेपाल
162
Shares

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७ रहेको छ ।

दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए। पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो । उक्त पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह गोलाकारभित्रको घण्टी पाएको बताए । यो चुनावचिन्ह अरु पार्टीले नपाएकाले आयोगले स्वीकार गरेको छ ।

पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।