वागमतीका मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको बैठक

वागमतीका मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको बैठक


ग्लोब नेपाल
135
Shares

काठमाडौं । वागमती प्रदेश सरकारको नेतृत्व सम्हालिरहेकाे दल नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक आह्वान गरेको छ ।

संसदीय दलका नेता तथा मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार बिहान ११ बजेका लागि बैठक बोलाएको संसदीय दलकी प्रमुख सचेतक मुनु सिग्देलले बताइन् । उनका अनुसार बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार काठमाडौंमा बस्ने भएको हो ।

आलोपालो सरकार चलाउने निर्णय कार्यान्वयन नभएको भन्दै मुख्यमन्त्री पाण्डेविरुद्ध सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर संकलन थालेपछि मुख्यमन्त्री पाण्डेकै पहलमा संसदीय दलको बैठकमार्फत सत्ता हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्न लागिएको स्रोतको भनाइ छ ।

वागमतीमा पाण्डेले ६ महिना सरकार चलाउने र त्यसपछि कांग्रेसले चलाउने सहमति भएको थियो । आठ महिनासम्म सरकार फेर्न तयारी नभएको भन्दै सत्तारूढ दल नै हटाउन लागेका छन् । यस्तोमा पाण्डेले दलको बैठक बोलाएका हुन् । पाण्डे शीर्ष नेताहरूले गरेको निर्णय कार्यान्वयन हुने बताउँदै आएका छन् ।