प्रदेश, प्रतिनिधिसभाको निर्वाचन मिति प्रस्ताव गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

प्रदेश, प्रतिनिधिसभाको निर्वाचन मिति प्रस्ताव गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई आग्रह गरेका छन् । हिजो साँझ आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग भेट गर्दै प्रधानमन्त्री देउवाले अर्को साता मिति प्रस्ताव गर्न आग्रह गरेका हुन् ।

आयोगले कात्तिक मसान्तमा निर्वाचन गर्न प्रधानमन्त्रीलाई अनौपचारिक प्रस्ताव गरेको छ । यसअघि आयोगले मंसिर पहिलो सातासम्म निर्वाचन गरिनसक्नुपर्ने बताउँदै आएको थियो ।