स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्ताव, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी (पूर्णपाठ)

स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्ताव, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी (पूर्णपाठ)

'स्वतन्त्र सांसद बन्न स्नातक उत्तीर्ण हुनुपर्ने'


ग्लोब नेपाल
135
Shares

काठमाडौं । स्वतन्त्र उम्मेदवारी अभियानको एक समूहले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन बनाउने प्रस्ताव गरेको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार (आज)बाट सुरु भएको ‘स्वतन्त्र उम्मेदवारी अभियान’ विशेष भेलामा अभियानका संयोजक डम्बर साहुले शनिबार एक अवधारणापत्र सार्वजनिक गर्दै आगामी पाच वर्षका लागि खुला तर संगठित दबाव समूहका रुपमा एउटा एलायन्स (गठबन्धन) मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव गरेका हुन् ।

उनका अनुसार दस्तावेजमा देशभरका सबै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा उठ्ने स्वतन्त्र उम्मेदवारबीचमा समन्वय, सहजीकरण गरेर केन्द्रीय एलायन्सले सघाउने कुरा पनि उल्लेख छ । जसलाई मिसन-१६५ भनिएको छ ।

‘देशैभरि १६५ संघीय निर्वाचन क्षेत्र र ३३० प्रदेश निर्वाचन क्षेत्रमा उठ्ने स्वतन्त्र उम्मेदवारहरुलाई समन्वय गर्ने, सहजीकरण गर्ने र उनीहरुको भूमिका हेरेर केन्द्रीय एलायन्समार्फत सघाउने नीति लिनुपर्दछ,’ दस्तावेजमा भनिएको छ । स्वतन्त्र उम्मेदवार बन्नेजति सबैलाई आँखा चिम्लिएर सहयोग गर्न नसकिने कुरा पनि दस्तावेजमा भनिएको छ ।

यस बाहेक आफ्नो अभियान अन्तर्गत उम्मेदवार हुनका लागि १३ बुँदे मापदण्ड पनि राखिएको छ । अवधारणा पत्रमा ‘पुराना दलहरूभित्र पनि हामीले राजनीतिक शुद्धीकरणका लागि दबाव दिनुपर्ने’ र ‘नयाँ वैकल्पिक शक्तिहरूलाई आपसमा मिलाएर एउटा बलियो वैकल्पिक राजनीतिक धार बनाउनेतिर पनि उनीहरूलाई सहयोग गर्नुपर्ने’ कुरा पनि उल्लेख छ ।

‘हामीले हिजो स्थानीय तहमा जसरी स्वतन्त्र उम्मेदवारीमा जोड दियौं,’ अवधारणा पत्रमा उल्लेख गरिएको छ,‘अब संघ र प्रदेशको चुनावका बेला कम्तिमा आगामी पाँच वर्षसम्मका लागि खुल्ला तर संगठित दबाव समूहका रुपमा एउटा एलायन्स मार्फत् स्वतन्त्र अभियानलाई अगाडि बढाउन आवश्यक छ ।’

अभियान अन्तर्गत अहिले आफूहरूसँग करिब तीन दर्जन स्वतन्त्र अभियन्ताहरु जोडिएको संयोजक साहुद्वारा प्रस्तुत दस्तावेजमा उल्लेख छ । दस्तावेजमा रवि लामिछानेजस्तै अर्को दल खोल्ने विषयमा छलफल भएको पनि उल्लेख छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार हुन ६८ वर्ष नाघेको हुन नहुने जनाइएको छ। त्यस्तै, सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने जनाइएको छ। प्रत्यक्ष निर्वाचन लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने पनि मापदण्डमा उल्लेख गरिएको छ।

हेर्नुहोस् अवधारणापत्रको पूर्णपाठ: