माओवादीको केन्द्रीय कमिटी बैठक सुरु, यी ९ वटा एजेण्डामा छलफल हुँदै

माओवादीको केन्द्रीय कमिटी बैठक सुरु, यी ९ वटा एजेण्डामा छलफल हुँदै


ग्लोब नेपाल
81
Shares

काठमाडौं । राष्ट्रियसभा गृहमा नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भर्खरै सुरू भएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि ९ वटा एजेण्डा राखेका छन् ।
बैठकको सुरूमा सम्बोधन गर्दै उनले ९ बुँदे एजेण्डा पेस गरेका हुन् । बैठक ३ दिनसम्म सञ्चालन हुनेछ।

केन्द्रीय कमिटी बैठकका मुख्य एजेण्डाहरू निम्नानुसार छन् ।

१. सहिदहरूप्रति श्रद्धाञ्जली

२. केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण

३. बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी

४. प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट

५. अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट

६. संगठनात्मक विषय र संरचनाबारे

७. स्थानीय निर्वाचनको समीक्षा

८. आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे

९. विविध