कांग्रेस गठबन्धनप्रति इमानदार देखिएन, नेकपा एसले बढी सीट माग्यो (पूर्णपाठ)

कांग्रेस गठबन्धनप्रति इमानदार देखिएन, नेकपा एसले बढी सीट माग्यो (पूर्णपाठ)


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस इमानदार र गम्भीर नभएको समीक्षा गरेका छन् ।

आइतबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गर्दै उनले कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर नभएको बताएका छन् । ‘सरकारमा सहभागी दलहरुबीचको चुनावी गठबन्धनबारे नेतृत्व तहमा जुनस्तरको समझदारी र आवश्यकताको महसुस थियो, त्यही स्तरको समझदारी स्थानीय तहमा कायम हुन सकेन’, प्रतिवदेनमा भनिएको छ, ‘खासगरी नेपाली कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन ।’

प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक जिल्ला र त्यसबाहेक माओवादी बलियो रहेको स्थानीय तहमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको उल्लेख छ । त्यसैगरी कांग्रेसले आफू बलियो रहेको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने नीति लिएको बताइएको छ ।

‘हामी (माओवादी) र गठबन्धनका दलहरु भएको स्थानमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर (कांग्रेस) भएको स्थान ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा बागी उम्मेदवार खडा गर्ने अघोषित नीति लिएको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्नो उम्मेदवारलाई सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा अत्याधिक मत बदर भएको प्रचण्डले उल्लेख गरेका छन् ।

नेकपा एकीकृत समाजवादीले आफ्नो हैसियतभन्दा बढी सीट दावी गरेको पनि प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन् । एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थिति भन्दा बढी दावी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र केही स्थानमा गठबन्धन पराजित भएको प्रचण्डको भनाइ छ ।

जसपा तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएके भन्दै प्रचण्डले माओवादी मात्र गठबन्धनप्रति इमान्दार देखिएको बताए। उनले भनेका छन्, ‘यी तमाम कारणहरुका बाबजुद विगतको तुलनामा निर्वाचन परिणामलाई सन्तोषजनक मान्नुपर्छ ।’

हेर्नुहाेस् प्रतिवेदन: