जसपाका प्रदेश सांसद यादवसहित दुई जना पार्टीबाट निष्कासित

जसपाका प्रदेश सांसद यादवसहित दुई जना पार्टीबाट निष्कासित


ग्लोब नेपाल
162
Shares

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी जिल्लाकै हुन् ।

महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले यी दुबैलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको पार्टीका जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यादव महोत्तरी क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

हेर्नुहोस् जसपाको विज्ञप्ति: