काठमाडौं । गत २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा आक्रमणमा परेपछि उपचारका लागि विदेश गएकी कांग्रेस नेतृ आरजु राणा हङकङको एक सार्वजनिक कार्यक्रममा देखिएकी छन् ।
लामो समयदेखि सिंगापुर र हङकङमा बसिरहेकी आरजु बुधबार सार्वजनिक कार्यक्रममा सहभागी भएको तस्वीर सार्वजनिक भएको हो ।
पूर्व परराष्ट्रमन्त्री आरजु श्रीमान् तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगै विदेश गएकी थिइन् । देउवा स्वदेश फर्केर राजनीतिक गतिविधिमा सक्रिय भइरहँदा आरजु भने विदेशमै बसेकी थिइन् ।
उनीहरू दुवैविरुद्ध रेड कर्नर नोटिस जारी गरेर पक्राउको प्रयास समेत भएको थियो ।


प्रतिक्रिया