नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै


ग्लोब नेपाल
189
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आजको बैठकमा हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन माथि छलफल हुनेछ । हिजो अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन प्रति इमान्दार नभएको उल्लेख गरिएको थियो ।

बैठकमा केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटिलाई पूर्णता दिन नेताहरूले माग गरेका थिए । गएको पुस तेस्रो हप्ता काठमाडाैंमा भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई चयन गर्दै अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो । अझैसम्म उपाध्यक्ष, महासचिव, सचिवलगायतका केन्द्रीय पदाधिकारी चयन भएको छैन । नेताहरूका अनुसार केन्द्रीय समिति बैठक भोलिसम्म चल्नेछ ।