नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले लिए शपथ


ग्लोब नेपाल
54
Shares

काठमाडौैंं । जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त तीनजना मन्त्रीले शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन्। ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष देहाय बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार विहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पूर्वाधार तथा यातायातमा इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमा मृगेन्द्र यादव र वन तथा वातावरणमा  प्रदीप यादवलाई जिम्मेवारी दिएका थिए।