काँग्रेसको पदाधिकारी बैठक बस्दै

काँग्रेसको पदाधिकारी बैठक बस्दै


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

मङ्गलबार (आज) दिउँसो पार्टी केन्द्यीय कार्यालय सानेपा, ललितपुरमा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक बस्न लागेको हो । पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने महामन्त्री गगन थापाले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ र शुभेच्छुक संस्थाको विधान तय गरिने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए । पार्टीभित्रका अरू विषय र राजनीतिक विषयमा समसामयिक छलफल गर्ने गरी बैठक बोलाइएको उनले बताए ।

यस्तै, काँग्रेसले असार २७ मा स्थानीय निर्वाचनका समीक्षा, संघ र प्रदेश निर्वाचनको रणनीति र पार्टीको आन्तरिक संरचना निर्माणका छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ।