आलुको बोराबाट स्रोत नखुलेको ८३ लाख रुपैयाँ बरामद

आलुको बोराबाट स्रोत नखुलेको ८३ लाख रुपैयाँ बरामद


ग्लोब नेपाल
81
Shares

धनुषा । सशस्त्र प्रहरीलेभारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ मंगलबार (आज) बरामद गरेको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए ।

मंगलबार ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक कटुवालले जानकारी दिए ।

बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।