संसदीय निर्वाचन २ मंसिरमा गर्न सरकारलाई प्रस्ताव गर्दै निर्वाचन आयोग

संसदीय निर्वाचन २ मंसिरमा गर्न सरकारलाई प्रस्ताव गर्दै निर्वाचन आयोग


ग्लोब नेपाल
135
Shares

काठमाडौं । निर्वाचन आयोगले २ अथवा ५ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ।

आयोग स्रोतका अनुसार मंसिर २ वा ५ मा एकैचरणमा निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गर्ने तयारीमा आयोग छ। निर्वाचन आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोग स्रोतले बतायो ।

आज प्रधानमन्त्री देउवालाई भेटेर यसबारे सुझाव दिने आयोगको तयारी थियो। तर प्रधानमन्त्री देउवा व्यस्त भएकोले आज आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल हुन सकेन। आयोग स्रोतका अनुसार बुधबार प्रधानमन्त्री देउवासँग यसबारे कुराकानी हुनेछ।

यसअघि स्थानीय तह निर्वाचनमा सरकारले सुरक्षा दिन नसकेको भन्दै दुई चरणमा गर्नेबारे आयोगमा छलफल भएको थियो। तर, आयोगले मंसिर ५ गतेका लागि पनि निर्वाचन वैकल्पिक मिति हुने औंल्याएको छ तर पहिलो प्राथमिकता भने मंसिर २ का लागि भएको आयोग स्रोतले बतायो ।

आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले केही साताभित्र निर्वाचन मिति घोषणा गर्ने स्रोतले जनाएको छ। आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको छ।