अर्थमन्त्रीमाथि छानबिन गर्न बन्ने समितिका लागि दलहरूसँग मागियो नाम

अर्थमन्त्रीमाथि छानबिन गर्न बन्ने समितिका लागि दलहरूसँग मागियो नाम


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालेमाथि छानबिन गर्का लागि संसदीय समिति गठनको तयारी भइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय छानबिन हुनुपर्ने माग गरेको अवस्थामा समितिमा बस्ने सांसदहरूको नाम माग गरिएको बताइएको छ । संसद सचिवालयका एक अधिकारीका अनुसार प्रतिनिधि सभाको बुधबारको बैठकमा नै संसदीय छानबिन समिति गठनको तयारी भइरहेको हो । ‘आवश्यक परेमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने हुनाले दलका सचेतकहरूसँग समितिमा बस्ने सांसदहरूको नाम मागिएको हो,’ संसद सचिवालयका एक अधिकारीले भने ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने शर्मालाई स्पष्टीकरण दिने अवसर नदिने अडान मात्र लिएन, संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारेको छ । छलफलमा सहभागी एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले त्यसको पुष्टि गरेका छन् ।